Comments Add Comment

के मेरो आयु सकियो त ? – नम्रता श्रेष्ठ

जब्बर नायिका हुन्, नम्रता श्रेष्ठ । अनेक आरोह-अवरोह छिचोल्दै आएकी उनी यतिबेला आफ्नो लयमा फर्किएकी छिन् ।

जतिबेला उनी रजटपटमा पाइला राख्दै थिइन्, त्यसबेला नै नम्रतालाई एक संभावनाको रुपमा हेरिएको थियो । तर, उनको अभिनय यात्रा एकनास रहेन । यसबीचमा उनले लामो विश्राम लिइन् । विश्रामपछि उनी अभिनयमा फर्किएकी छिन् । जबकी उनका समवयी अभिनेत्रीहरु लाखापाखा लागिसके ।

‘मेरो एउटा साथी छ’ मा मूख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी नम्रता अहिले पनि उत्तिकै शसक्त भूमिकामा देखिदैछन् । यस हिसाबले एक दशक लामो यात्रामा पनि उनी मूख्य भूमिकामै छाइरहेकी छिन् ।

अहिले उनी आˆनो नयाँ चलचित्र ‘जाइरा’को प्रचारमा छिन् । यस चलचित्रमा उनी मुख्य अभिनेत्री त हुन् नै, निर्मात्री पनि । अबको दिनमा नम्रताले आफ्नो कुन भूमिकालाई शसक्त बनाउने छिन्, अभिनेत्री वा निर्मात्री ?

यो प्रश्न किनपनि उठ्छ भने अभिनेत्रीहरुको भूमिका एकनास रहँदैन भनिन्छ । खासगरी मूख्य भूमिका निर्वाह गर्ने अभिनेत्रीहरु एउटा निश्चित अवधीपछि साहयक भूमिकामा सीमित हुनुपर्छ । एकथरी भन्छन्, हिरोइनको आयु पाँच बर्षभन्दा बढी हुँदैन । के नम्रता श्रेष्ठ यो कुरा स्विकार्न तयार छिन् ?

यसै सेरेफेरोमा अनलाइनखबरको लागि दिप्सन लुइटेलले नम्रतासँग कुराकानी गरेका छन् ।

नायिकाहरुको आयु हुन्छ भनिन्छ । के साच्चिकै यो कुरा सत्य हो ?

कलाकारको आयु हुँदैन । जबसम्म राम्रो अभिनय गर्न सक्नुहुन्छ, जबसम्म क्यारेक्टरलाई जस्टिफाई गर्न सक्नुहुन्छ तबसम्म आयु हुन्छ । विदेशतिर हेर्ने हो भने बुढी-बुढी नायिकाहरु पनि अझै मूख्य भूमिका देख्न सकिन्छ ।

तर, नेपालमा त्यस्तो छैन नि त ?

त्यो आफुमा निर्भर गर्ने कुरा हो । म पनि ११ वर्ष भइसक्यो यो क्षेत्रमा रहेको । के मेरो आयु सकियो त ? सुनेको थिएँ, नायिकाको आयु ५ वर्ष हो रे । तर, म त ११ वर्ष भइसकेपछि पनि मलाई मेरो आयु सकिएको जस्तो लाग्दैन । कतिपय नायिकाहरु हुनुहुन्छ, जसले निरन्तर काम गरिरहनु भएको छ । त्यो आफूले कसरी मेन्टेन गर्ने हो भन्ने कुरा हो ।

मेन्टेन कसरी गर्ने ?

यो गर्ने, त्यो नगर्ने त म भन्न सक्दिन । तर, मेरो सन्दर्भमा चलचित्रको छनोट नै हो । मैले ‘सानो संसार’बाट नै वर्षमा एक चलचित्रमात्र गर्छु भनेर लागें । राम्रो चलचित्र छानेर गरंे । निरन्तर काम गर्दा धेरै कुराहरु सिक्दै गएँ । नयाँ परिवेशमा आफूलाई घुलमिल गराएँ । त्यसैले, राम्रो काम गर्दै जानुभयो भने र चलचित्रको क्यारेक्टरले तपाईंलाई खोज्ने वातावरण बनाउनु भयो भने मलाई त लाग्दैन कि तपाईको आयु सकिन्छ ।

अभिनेत्री हेरेर चलचित्र लेखिएको त कमै होला नि ?

नेपालमा त हिरोलाई सोचेर पनि लेख्ने चलन त छैन नि त । तर, विदेशमा त हिरो अभिनेत्री पहिल्यै पक्का भइसकेर सँगै बसेर लेख्छन् । अब नेपालमा पनि त्यो हुदैँछ जस्तो लाग्छ । मलाई लाग्छ, त्यसो  भयो भने पक्कै राम्रो हुनेछ ।

तपाईं भन्दा पछाडि आएका नायिकाहरु अहिले लाखापाखा लागिसके ?

भनिहालें, मलाई अरुको विषयमा बोल्ने अधिकार त हुन्न । उहाँहरु आˆनो आˆनो कारणले गर्दा पछि हट्नुभयो होला । त्यसलाई म केही भन्दिन ।

फलानो अभिनेत्रीलाई लिए भने लगानी बचाउँछु भन्ने वातावरण नेपालमा बनिसकेको छ र ?

हो र ?, मलाई लिदाँ त सबैले लगानी सुरक्षित हुन्छ भनेर नै लिनुहुन्छ । (हाँसो) मैले जोक मात्र गरेको । तर, यो कुरा हैन नै होला । अनमोलको सन्दर्भमा छुट्टै कुरा भयो । अहिले चलचित्र कन्टेन्ट चलचित्रहरु चलिरहेका छन् । विदेशमा स्टार बिक्न छोडिसके । कन्टेन्ट बिकिरहेको छ ।

नेपालमा पनि त्यस्तो छ र ?

त्यो भइरहेको छ जस्तो लाग्छ । चलचित्रमात्र राम्रो भएर हुन्न । त्यसको प्रचार प्रसारलाई पनि विशेष ध्यान दिनुपर्छ । चलचित्रले राम्रो व्यापार गर्न वितरण, रिलिजको समय सबै कुराहरुले अर्थ राख्छ ।

अभिनेत्रीले पूरा चलचित्र आˆनो काँधमा बोकेर लगानी बचाइदिन्छु भन्ने अवस्था छ ?

कलाकारले छ । हिरो अभिनेत्रीको कुरा होइन । राम्रो काम गर्न सक्ने हिरो होस् अभिनेत्री होस् त्यसले सक्छ ।

अहिलेसम्म त त्यस्तो देखिएको छैन ?

अहिले सबैजना सेफ गेम खेलिरहनु भएको छ के । उहाँहरुले बनाउने आट नै गर्नुभएको छैन् । त्यही भएर मैले रिक्स लिएको छु । तर, पछिल्लो समय जतिपनि मलाई स्कृप्टहरु आएका छन् त्यो सबै महिला प्रधान नै छन् । त्यो कुराले चाहीँ केही हदसम्म राम्रो भएको मलाई लाग्छ ।

तपाई अपवाद हो कि ?

होइन, म अपवाद होइन । यदी मैले त्यो चलचित्र गरिन भने अर्को नायिकालाई लिएर काम गरिहाल्नु हुन्छ नि ।

अभिनेत्रीले क्यारेक्टरमा खासै मेहनत गर्दैनन्, जति अभिनेताले गर्छन् । स्विकार्नुहुन्छ ?

अभिनेत्रीहरुले मेहनत गर्नुभएको हुन्छ । तर, त्यो देखिन्न । यहाँ के चलन छ भने, अभिनेत्री जहिल्यै राम्री देखिनु पर्छ के । मेकरको डिमान्ड पनि त्यहीँ हुन्छ । सुत्दा पनि सुन्दर देखिनुपर्छ । भुईमा लडेर रुनु पर्योन भने अलिक राम्रोसँग रुनु है भन्नुहुन्छ ।

हस्पिटलमा हुदाँ पनि मेकअप गरेर कपाल मिलाइदिनु हुन्छन । त्यो कुराले अभिनेत्रीहरुलाई बाधिदिएको छ । केही चेन्ज गरौं भन्यो भने छ्याको गाली आउँछ । तर, त्यहीँ कुरा हिरोले गर्योत भने बलाल भनिन्छ ।

अहिले पनि त्यहीँ अवस्था छ ?

अहिले चाहीँ त्यो कुरा केही ब्रेक हुदैँ गएको छ । विदेशी चलचित्रहरु हेर्ने बानीले पनि हामी त्यो कुराबाट बाहिर निस्किरहेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment