+
+

समाजवादी पार्टीका नेता र जयशंकरबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते १३:२५
Photo Credit : बाबुराम भट्टराईको ट्विटरबाट

५ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार समाजवादी पार्टी नेपालका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

बिहीबार विहान उनले उपप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको डा. भट्टराईले ट्विटरमार्फत जनाएका छन् । ‘भारतको वर्तमान सरकारले नेपालसँग कनेक्टिभिटी र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक रहेको जानकारी पाउँदा खुशी लागेको छ’ भट्टराईले भनेका छन् ।

बुधबार नेपाल भ्रमणमा आएका जयशंकरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । बिहीबार पशुपतिनाथ मन्दिरमा पूजा गरे भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् ।

उनी बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् । बुधबार सुरु भएको बैठक बिहीबार सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?