Comments Add Comment

मिरुनाको गुनासो : मलाई मिडियाले नै फ्लप लेखिदिए

अभिनेत्री मिरुना मगर अभिनित ३ चलचित्र असफल भए । डेब्यु चलचित्र ‘लालपूर्जा’बाट नै असफलताको सुरुवात गरेकी उनले रोज र साइनोबाट पनि असफलता नै ब्यहोरिन् । लगातार ३ चलचित्र असफल भएपछि मिरुनालाई फ्लप नायिकाको ट्याग लाग्यो ।

तर, मिरुना आफूलाई मिडियाले मात्रै फ्लप देखेको बताउँछिन् । उनी अभिनित चलचित्र ‘च च हुई’को गीत रिलिज कार्यक्रममा उनले यो कुरा बोलेकी हुन् ।

कार्यक्रममा मिरुनालाई प्रश्न थियो, ‘फ्लपमा ह्याट्रिक नै गर्नुभयो । यो चलचित्रबाट फ्लपको ट्याग हट्ला ?’ यस प्रश्नमा उनले भनिन्, ‘मलाई फ्लप लेखिदिने मिडिया नै हो । हटाउने काम पनि मिडियाले नै गर्नुहुन्छ । मैले अडियन्सको माया पइरहेको छु । निरन्तर काम पाइरहेको छु । अब यसलाई पनि फ्लप भन्नुहुन्छ भने त म समचार पढ्छु बस्छु ।’

मिरुनालाई मिडियाले यत्तिकै फ्लपको ट्याग दिएको होला त ? उनी अभिनित चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको थिएन भने समीक्षात्मक रुपमा राम्रो रेस्पोन्स पाएको थिएन । मिरुनाले मिडियालाई दोष दिनुभन्दा असफल हुनबाट जोगिने उपाय खोज्दा वेश होला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment