Comments Add Comment

सिडिओको दोहोरो भूमिका : पद केन्द्रमा, काम प्रदेशको अधीनमा

५ साउन, काठमाडौं । प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरु संघको प्रतिनिधि भए पनि प्रदेश मातहत रहेर काम गर्नुपर्ने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । सिडिओहरुले दोहोरो भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

सिडिओलाई प्रदेशको आन्तरिक मामिलामन्त्री भन्दा पनि माथि राखिएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् । यो कुरा राष्ट्रियसभा सदस्यहरुले पनि उठाएका थिए ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा जवाफ दिने क्रममा गृहमन्त्री थापाले प्रदेशको आन्तरिक मामिला (गृह)मन्त्रीभन्दा माथि सिडिओलाई नराखिएको जानकारी पनि दिए । मन्त्री थापाले सिडिओ केन्द्र सरकारको प्रतिनिधि भए पनि प्रदेश प्रहरी परिचालन गर्न आन्तरिक मामिला मन्त्रीको निर्देशनमा काम गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले भने, ‘प्रदेशको प्रहरी परिचालन गर्नु पर्‍यो भने प्रदेशकै प्रहरी प्रमुखको मातहतमा काम गर्नुपर्छ । निश्चितरुपमा सिडिओले दोहोरो भूमिका खेल्नुपर्छ । संघको प्रतिनिधि हुन्छ त्यो, तर प्रदेशमा गइसकेपछि ऊ प्रदेशको अधीनमा, प्रदेशको मातहतमा पनि काम गर्नुपर्छ ।’

अपराध अनुसन्धानसँग सम्बन्धित केन्द्रको अधिकार अभ्यास गर्दा सीडीओहरुलाई दोहोरो भूमिका दिइएको गृहमन्त्री थापाको भनाइ छ ।

‘केन्द्रले प्रदेश प्रहरीलाई निश्चित अवस्थामा निर्देशन दिनसक्छ । अन्य प्रदेशको प्रहरी परिचालन गर्नु पर्‍यो भने केन्द्रबाट निर्देश हुन्छ र नेतृत्व केन्द्रले लिन्छ । सामान्य अवस्थामा आदेश दिन र परिचालन गर्न पाउँदैन,’ मन्त्री थापाले भने ।

प्रदेश प्रहरी प्रमुखलाई के भन्ने भन्नेबारेमा बिभिन्न प्रस्तावहरु आएको जानकारी पनि उनले दिए । आईजी, महानिरीक्षक, कमिसनर भन्ने प्रस्ताव केन्द्रमा डीजी भन्ने प्रस्तावहरु आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment