Comments Add Comment

‘च च हुई’को ‘सिल्की सिल्की बाल’ रिलिज

चलचित्र ‘च च हुई’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीत रिलिज गरिएको हो ।

उक्त गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ । राजनराज र मेलिना राईले स्वर दिएको गीतको शब्द अमृत घले लामा, राजनराज र श्याम लामिछानेले तयार पारेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर छन् । शिशिर खातीको नृत्य निर्देशन रहेको भिडियोमा आर्यन र मिरुनाको जोडी सुहाएको देखिन्छ । भोलाराज पनि मिरुनाको पछि परेका छन् ।

मंसिर ६ गतेबाट रिलिज हुने यस चलचित्रमा माओत्से गुरुङ, पुस्कर गुरुङ, बतिता मल्लको पनि मुख्य भूमिका रहेको छ । साम्तेन भुटियाले निर्देशन गरेको चलचित्रलाई सजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । अमृत घोले लामाले निर्माण गरेको चलचित्रलाई सुजन प्रजापतिले खिचेका हुन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment