Comments Add Comment

कंगनाको छ सय भारुको साडीको चर्चा

साडीप्रति अभिनेत्री कंगना रनौतको प्रेमका बारेमा प्रायः सबैलाई राम्रो जानकारी छ । हालैमात्र उनले एउटा एयरपोर्टमा ६ सय भारतीय रुपैयाँको साधारण सूतीको साडी लगाएर हिँडिरहेको देखिएको थियो । सामाजिक सञ्जालमा सधैं सक्रिय रहने कंगनाकी बहिनी रंगोली चंदेलले ट्वीटरमा कंगनाको एक तस्बिर सार्वजनिक गरिन् र कंगनाले लगाएको साडीको बारेमा सम्पूर्ण जानकारी पनि दिइन् ।

रंगोलीले ट्वीट गर्दै लेखेकी थिइन्-‘कोलकातामा किनिएको ६ सय रुपैयाँको साडी लगाएर कंगना जयपुरका लागि निस्कँदै । उनले जब यो साडी किनिन्, त्यसक्रममा उनी के कुराले छक्क परिन् भने त्यति कम मूल्यमा पनि यति राम्रो सूतीको साडी पाइन्छ ? मन दुखाउने कुरा के छ भने हाम्रा मान्छेहरु कति धेरै मेहनत गर्छन् र त्यसवापत उनीहरुले कति थोरै पारिश्रमिक पाउँछन । कृपया अन्तर्राष्ट्रिय उत्पादनहरु भन्दा पहिला आफ्नै देशको समर्थन गरौं ।’

कंगनाले ६ सय रुपैयाँको साडीसंगै हातमा २ लाख ३० हजार भारु पर्ने हेण्डब्याड बोकेकी थिइन् ।

उक्त ट्वीटपछि थुप्रै व्यक्तिहरुले कंगनाको लक्जरियर ब्याग तथा ब्लेजरतर्फ इशारा गर्न थाले । एक जनाले कमेन्ट गर्दै लेखेका थिए-‘छ सयको साडीसंग प्रँडाको ब्याग किन ? बिल्कुल पाखण्डी ।’ अर्का एक व्यक्तिले कंगनाकी बहिनीलाई नै गलत भएको टिप्पणी गरे ।

वास्तवमा कंगना रनौत ती अभिनेत्रीहरुमध्येकी एक हुन्, जोसंग विश्वभरीका उत्कृष्ट फेसन ब्राण्डका पहिरनदेखि लिएर हरेक सामाग्रीहरु छन् । त्यसैकारण उनी कहिलेकाहिं लाखौं मूल्य पर्ने जुत्ता लगाउँछिन् भने कहिलेकाहिं महंगो पर्स बोकेर हिंडिरहेकी हुन्छिन् । उनले बोक्ने ब्याग तथा लगाउने जुत्ताको मूल्यमा त एउटा सामान्य भारतीय परिवार विदेश घुमेर आउने सक्ने टिप्पणी समेत गर्न थालिएको छ ।

त्यसो त, यसपटक कंगनाले वास्तवमै सस्तो साडी लगाएकी हुन् । यसका पछाडि कुनै विशेष कारण पनि छ । कगना मुम्बई एयरपोर्टमा सूतीको साधारण तर सुन्दर साडीमा देखिएकी हुन् । उनले कालो ट्रेंच कोट, हाइ हिल तथा कोटसंग मिल्ने रंगको ब्याग बोकेकी थिइन् भने कालै चस्मा लगाएकी थिइन् ।

उक्त लूकमा कंगना सधैं झैं निकै सुन्दर तथा आकर्षक देखिएकी थिइन् । तर, जब यी अभिनेत्रीले लगाएको मूल्य सार्वजनिक भयो, अधिकांशले अचम्म माने । कंगनाले यसपटक कुनै डिजाइनर ब्राण्ड होइन, कोलकातामा किनिएको ६ सय भारुको सस्तो साडी लगाएकी थिइन् । उनले त्यो साडी किन लगाइन् भन्ने कुराको रहस्य उनकै बहिनीले खोलिदिइन् । कंगनाकी बहिनीका अनुसार हातले साडी बनाउने कामदारको मेहनतलाई सलाम गर्नका लागि उनले उक्त सस्तो मूल्यको साडी लगाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment