+
+
Shares

बारपाक जोड्ने सडकमा लापरबाही गर्ने ठेकदार कारबाहीमा

विकास मरहट्टा विकास मरहट्टा
२०७६ भदौ ५ गते १८:१०

५ भदौ, गोरखा । बाह्र किलो बारपाक सडक कालोपत्रेको काममा लापरवाही गर्ने ठेकेदार कम्पनीलाइ आयोजनाले कारवाही थालेको छ ।

उक्त सडकखण्डको ८ देखि १७ किलोमिछर कालोपत्रे गर्ने जिम्मा पाएको नागार्जुन त्रिशुली जेभीसँग ठेक्का सम्झौता तोडिएको हो । तीन करोड जरिवानासहित ठेक्का तोडिएको ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाले जनाएको छ । उक्त निर्माण कम्पनीलाई कालोसूचिमा राख्न कार्यालयले सिफारिस समेत गरेको छ ।

मसाने ठाँटीदेखि खहरेसम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा उक्त निर्माण कम्पनीले पाएको थियो । ‘म्याद सकिए पनि काम गरेन,’ कार्यालयका इन्जिनियर राजेशकुमार यादवले भने, ‘बारम्बार फोन गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि ठेक्का तोडेका हौं ।’ उक्त खण्ड मध्यपहाडी लोकमार्गलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

त्यस्तै बारपाक सडकखण्डको २२ देखि ३० किमी कालोपत्रेको जिम्मा पाएको लोहनी एण्ड व्रर्दशलाई पनि एक करोड २० लाख रुपैयाँ जरिवाना तिराउने तयारी कार्यालयको छ । दुई पटक म्याद थप गर्दा पनि हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी गराउँदै इन्जिनियर यादवले भने, ‘दोस्रो पटक थपेको म्याद गत चैत्र मसान्तमा सकिसक्यो, सात महिना भित्र काम नगरे ठेक्का तोड्छौं ।’

३० देखि ४६ किमी कालोपत्रेको ठेक्का पाएको रसुवा एलाइट जेभीले ७० लाख रुपैयाँ जरिवाना रकम तिरिसकेको कार्यालयले जनाएको छ । ‘गत चैत्र मसान्तसम्म एक पटक म्याद थपेका थियौं, जरिवाना तिराइसक्यौ, अव एक बर्षका लागि म्याद थप गर्न भनेर विभागमा पठाएका छौं,’ उनले भने ।

१२ किलो बारपाक सम्मको कुल ४६ किलोमिटर सडकको चार प्याकेजमा ठेक्का लगाइएको छ । बाह्र किलोदेखि मसाने ठाँटीसम्मको ४ किमी सडक मर्मतको काम गोरखा एप्रोपिएट रिकन्स्ट्रक्सनले पाएको छ ।

५ देखि १७ किमी सडक कालोपत्रेको जिम्मा नागर्जुन त्रिशुली जेभीले पाएको छ । १७ देखि २२ किमी कालोपत्रेको जिम्मा कन्काई गोरखा जेभीलाई दिइएको छ । २२ देखि ३० किमी लोहनी एण्ड व्रर्दश र ३० देखि ४६ किमी सडक कालोपत्रेको कामको जिम्मा रसुवा एलाइट जेभीले पाएको कार्यालयले जनाएको छ ।

हालसम्म ७० प्रतिशत काम सकिएको इन्जिनियर यादवले बताए । ‘१० किमी कालोपत्रे भइसकेको छ यो बर्ष थप २० किमी कालोपत्रे हुन्छ,’ उनले भने । ४६ किमी सडकको नाली निर्माण भइसकेको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?