+
+

हे कृष्ण साह्रै आपत् पर्‍यो मलाई… (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ६ गते १२:४७

६ भदौ, काठमाडौं । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छन् भगवान् कृष्ण । त्यसैले हिन्दूधर्ममा कृष्णको छुट्टै महत्त्व र महिमा छ ।

द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा उनको जन्म भएको विश्वासका आधारमा हरेक वर्ष हिन्दूधर्मालम्बीले एक दिन कृष्णजन्मोत्सव मनाउने गरेका छन् ।

यही परम्पराअनुसार, शुक्रबार बिहानैदेखि कृष्णप्रेमीहरूले उनको भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

पाटनको प्रसिद्ध कृषण् मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । उनीहरूले पूजा–आजासहित कृष्ण भजन गाएर उत्सव अहिले उत्सव मनाइरहेका छन् ।

त्यस्तै काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा पनि कृष्णपव्रेमीहरूको घुइँचो छ ।

अनलाइनखबरकर्मी विकास श्रेष्ठले पाटनस्थित कृष्ण मन्दिर पुगेर त्यहाँको दृश्य कैद गरेका छन् । हेरौं त्यहाँका केही झलकहरू –

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?