Comments Add Comment

राप्रपा पनि ‘नो भोट’ र पूर्ण समानुपातिकको पक्षमा

निर्वाचन  आयोगलाई बुझायो १६ बुँदे सुझाव

६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नो भोट’ र पूर्ण समानुपातिक निर्वाचन पद्धति लागू गराउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय योजनाका लागि सुझाव बुझाउँदै राप्रपाले कुनै पनि उम्मेदवारलाई भोट दिने इच्छा छैन भनेर मत व्यक्त गर्ने व्यवस्था मतपत्रमा गर्न आग्रह गरेको हो ।

त्यस्तै निर्वाचनलाई कम खर्चिलो, निष्पक्ष बनाउन सवै तहको निर्वाचन पूर्ण समानुपातिक बनाउन संविधान र कानुनमा संशोधनको पहल गर्न पनि राप्रपाले सुझाव दिएको छ ।

निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई चुनाव खर्च राज्यले दिनुपर्ने, विदेशमा बस्ने नेपालीले पनि मत हाल्ने व्यवस्था गर्नुपर्ने,  विद्युतीय मतदान प्रणाली लागू गर्नुपर्ने लगायतका १६ बुँदे सुझाव राप्रपाले दिएको छ ।

त्यस्तै जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने र संघीय संरचना अनुकुल आयोगको संगठनात्मक संरचनामा परिमार्जन गर्नुपर्ने सुझाव पनि राप्रपाले दिएको छ । राप्रपाले दर्ता भइसकेको पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखेर पार्टी दर्ता गराउन नपाउने व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment