+
+
Shares

भन्सार र मालपोत पठाइदेउ भन्ने कर्मचारी पाउन गाह्रो छः मन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ७ गते १६:१२

७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको बताएका छन् ।

अग्रगति र पश्चगतिको संघर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए । वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, कर्मचारी सबै घुस्याहा नै हुन भन्ने पार्न खोजिँदैछ ।’

समाजमा भएका खराबी विरुद्ध लड्ने सामर्थ्य सरकारसँग रहेको उनले बताए । वेल्जियममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उनले भने, भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौं अफ्ठ्यारोलाई पार गर्दै नेपालले ७.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?’

परिवर्तनका सकारात्मक संकेत देखिन थालेको र भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको मन्त्री ज्ञवालीको दाबी छ । ‘कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर नेताहरुलाई तनाव दिन्थे तर आज भन्सार र मालपोतमा मलाइ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ,’ उनले अघि भने, यसको अर्थ त्यहाँका प्वाल बन्द हुन थालेछ । यो त सत्य हो नि ।’

ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्था आएको उनले बताए ।

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?