Comments Add Comment

मधेसको असन्तुष्टि सम्बोधन गर्नुस्ः पूर्वराष्ट्रपति यादव

७ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेसमा पनि स्वागत होस् भन्ने चाहेको बताए । उनले भने, ‘त्यसो हुन सकेन । तर म खुसी छु कि सबैले चुनावमा भाग लिए र सबै साथमा हिँडिरहेका छन् ।’

यद्यपि तत्कालीन तीन दल कांग्रेस, एमाले र माओवादीले सम्बोधन गर्ने बाचा गरेको भन्दै उनले नेकपा र कांग्रेसको ध्यानाकर्षण गराए ।

उनले दलहरुले सत्तालाई प्राथमिकता दिँदा पहिलो संविधानसभाले संविधान बनाउन नसकेको सुनाए । साथै केही केही राष्ट्रिय र केही अदृश्य शक्तिहरु सुरुदेखि नै संविधानसभा भंग होस् भनेर लागेको भन्दै कसरी संविधानसभा भंग भयो भन्ने कुनै दिन किताबमा लेख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment