Comments Add Comment

‘हजार जुनी सम्म’ नचल्दा आर्यनलाई धक्का

नायक आर्यन सिग्देलले आफ्नो काम दर्शकले मन पराएको खण्डमा त्यो नै आफ्ना लागि सुखद हुने बताउँदै आएका छन् । आर्यनले आफूलाई नम्बर १ वा स्टार बन्नु भन्दा पनि दर्शकले काम मन पराएको अवस्थामा खुशी हुने बताएका थिए ।

तर, उनी अभिनित चलचित्र ‘हजार जुनी सम्म’ बक्स अफिसमा नराम्रोसँग पिटिदा उनलाई समस्या भएको छ । कारण, केही बर्ष अघिसम्म नम्बर १ नायकको उपाधि पाएका आर्यनको क्रेज खस्कदो थियो । उनी, आफू पहिले भन्दा अझै गम्भिर भएर लागेको बताउन पछि पर्दैनथ्य ।

तर, आर्यनका लागि साउनको ३० गतेबाट रिलिज भएको चलचित्र ‘हजार जुनी सम्म’ बक्स अफिसमा चलेन । चलचित्रको इनिसियल व्यापार पनि सुखद भएन । चलचित्रलाई नै आफ्नो काँधमा बोकेका आर्यनका लागि यो ठूलो धक्का थियो । किनकी, आर्यन अभिनित चलचित्र ‘च च हुई’ रिलिजको क्रममा छ भने, उनी नयाँ २ चलचित्रमा काम गर्ने तयारीमा छन् ।

आर्यन अहिले नै चलचित्र ‘हजार जुनी सम्म’को बिषयमा बोल्न हतार हुने बताउँछन् । उनले, समय आएपछि चलचित्रको सफलता वा असफलताको बिषयमा कुरा गर्न सकिने बताए ।

चलचित्रमा पाको उमेरको भूमिकामा देखिएका आर्यनको अभिनयलाई त दर्शकले मन पराएका छन् । तर, उनको करिअरका लागि यो चलचित्र चलिदिएको भए विशेष हुने थियो । यसले, आर्यनको आगामी प्रोजेक्टलाई असर नगरोस्, शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment