Comments Add Comment

नवौं पुस्पलाल स्मृती ब्याडमिन्टन इटहरीमा

काठमाडौं । नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ । भाद्र २४ देखि २८ गतेसम्म ईटहरीस्थित रङ्गशालामा नवनिर्मित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १० स्वर्ण पदकका लागि करिव १९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फ उच्च १६ बरियता तथा महिलातर्फ उच्च १२ बरियतामा रहेका खेलाडीबीच एकल प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । बरियता बाहेकाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै पुरुष तथा महिला जोडीमा सबैले प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगितामा उच्च बरियताविचको पुरुष तथा महिला एकलमा शिर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गर्ने छन् ।

यस्तै पुरुष एकल तथा महिला एकल तथा युगलका विजयी शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्र तथा छात्रा एकलका विजयी शिर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment