+
+
Shares

‘फेस अफ नेपाल’ का चारजना विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुमन श्रेष्ठ, जियोन तामाङ, आइस्ता जोशी र अनिशा श्रेष्ठ यसवर्षको ‘फेस अफ नेपाल’का संयुक्त विजेता घोषित भएका छन्।
  • उनीहरूले नोभेम्बरमा दक्षिण कोरियामा हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिइएको छ।
  • एमएस प्रोडक्सनले आयोजना गरेको फिनालेमा ८ महिला र ११ पुरुष गरी १९ प्रतियोगी सहभागी थिए।
  • बाढीपहिरोका बीच एक सातापछि सारिएको फिनालेमा आयोजकले भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको छ।

काठमाडौं । सुमन श्रेष्ठ, जियोन तामाङ, आइस्ता जोशी र अनिशा श्रेष्ठ संयुक्तरुपमा यसवर्षको ‘फेस अफ नेपाल’का विजेता घोषित भएका छन् । आयोजित ग्रान्ड फिनालेमा विजेताहरू घोषित गरियो ।

यी चारै जनाले नोभेम्बर महिनामा दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्ने जानकारी गराइएको छ ।

एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगिताको फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतियोगी सहभागी थिए ।

बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बीच फिनाले आयोजना गरिएको हो । विपत्तिको अवस्थालाई ध्यानमा राख्दै आयोजकले कार्यक्रमलाई एक सातापछि सारेको थियो । तर, प्रायोजक र फिनालेको लोकेसन पहिल्यै तय भइसकेकाले थप समय सार्न सम्भव नभएको राष्ट्रिय निर्देशक मेनुका माझीले बताइन् ।

उनका अनुसार आयोजकले भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री पनि वितरण गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?