+
+
Shares

न्यूरोडमा सांसदलाई लुटेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १७:४२

८ भदौ, काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दका अनुसार, सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

यसअघि २६ साउनमा न्यूरोडमा सुवेदीको झोलाबाट अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटिएको थियो । तर, पक्राउ परेका युवकको साथबाट ती कागजपत्र बरामद भएका छन् कि छैनन् भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?