+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

न्यूरोडमा सांसदलाई लुटेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १७:४२

८ भदौ, काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दका अनुसार, सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

यसअघि २६ साउनमा न्यूरोडमा सुवेदीको झोलाबाट अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटिएको थियो । तर, पक्राउ परेका युवकको साथबाट ती कागजपत्र बरामद भएका छन् कि छैनन् भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?