
८ भदौ, काठमाडौंं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाप्रति असन्तुष्टि जनाएका छन् ।
अनिवार्य प्यान कार्डप्रति उनले असन्तुष्टि जनाए । फोहोर मैला उठाउनेलाई पनि प्यान लागू गरेको सुन्न आएको भन्दै नेता नेपालले पूर्वाधार विना विदेशीको नक्कल गरिएको टिप्पणी छ ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले भने, हामी कहाँ आफ्नो देशको परिस्थिति नबुझ्ने, विदेशी नक्कल गर्ने प्रवृत्ति बढी छ ।’
आर्थिक गतिविधि तीव्र हुनुका साथै व्यवसाय फस्टाउँदै गएपछि मात्र दुबै लागू गर्न सकिने उनको तर्क छ ।
नेता नेपालले भने, आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुँदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने । यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठीक हुन्छ भनेर विचार नपुर्याई कुनै पनि कदम चाल्नु हुँदैन ।’
असंगठित क्षेत्रलाई करको दायरामा ल्याउन धेरै काम गर्न बाँकी रहेको नेता नेपालले बताए ।
प्रतिक्रिया 4