+
+
Shares

हवाई सुरक्षामा सुधार भएको सन्देश दियौं: प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते २०:२२

८ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई सुरक्षा सुधारोन्मुख रहेको सन्देश विश्वलाई दिन सफल भएको दावी गरेको छ ।

नेपालमा हालै सम्पन्न एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा नेपालको हवाई सुरक्षाकाबारेमा विश्व समूदायलाई अवगत गराउन सफल भएको निष्कर्ष प्राधिकरणले निकालेको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को आयोजनामा ५ दिनसम्म चलेको ५६ औं सम्मेलन बिहीबार काठमाडौंमा सम्पन्न भएको थियो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सम्मेलनमा भएका आपसी छलफलले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताए ।

यूरोपेली यूनियन सेफ्टी एजेन्सी (आयसा)का प्रतिनिधिसागको छलफलमा नेपालले आफ्नो प्रगतिको विषयमा इयूलाई जानकारी गराएको महानिर्देशक पोखरेलले बताए ।

इयूले उठाएका सुरक्षाका विषयहरु सम्बोधन भइसकेको भन्दै एक परिस्थितिलाई हेरेर सँधैभरी कालो सूचिमा राख्न नमिल्ने नेपालको धारणा थियो ।
इयूका प्रतिनिधिले नेपालको धारणा सम्बन्धित निकायमा पुर्‍याउने आश्वासन दिएको महानिर्देशक पोखरेलको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?