Comments Add Comment

जी–७ बैठकमा अकस्मात इरानी विदेशमन्त्री

९ भदौ, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफ अकस्मात जी–७ सम्मेलनमा सहभागी हुन पुगेका छन् । फ्रान्समा आइतबार सुरु भएको सात राष्ट्रहरुको सम्मेलनमा जफाद सहभागी भएका हुन् ।

बीबीसीले अकस्मात जी–७ बैठकमा पुगेका जरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत नेता उपस्थित बैठकमा सहभागिता जनाएको उल्लेख गरेको छ ।

जी–७ अर्थात् ग्रुप अफ सेभेन संसारका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात राष्ट्रहरूको संघ हो । यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिका आबद्ध छन् । तर, इरानको विदेशमन्त्री जी–७ बैठकमा सहभागी हुन पुगेपछि अमेरिकी टोली सबैभन्दा बढी आश्चर्यमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकाले सन् २०१५ मा इरानको आणविक गतिविधिलाई सीमित गराउनेसम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय लिएपछि यी दुई देशबीचको सम्बन्ध तिक्त छ । अमेरिकाले आर्थिक प्रतिबन्ध कडा पारेको छ भने इरानले त्यसको प्रतिउत्तरमा पारमाणिक गतिविधिहरू बढाइरहेको छ ।

यही तनावबीच इरानी विदेशमन्त्रीले जनाएको जी–७ बैठकको भ्रमणलाई अर्थपूर्ण ठानिएको छ ।

जरिफले एक ट्विट गर्दै फ्रान्सका राष्ट्रपति र आफ्ना समकक्षीसँग रचनात्मक वार्ता भएको बताएका छन् । जरिफले सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोनसँग भेटेका हुन् । माक्रोन अमेरिका–इरानबीच जारी तनाव अन्त्यको पक्षमा छन् । यसका लागि उनले भूमिका खेल्दै आइरहेका छन् ।

अमेरिकी टोलीलाई आश्चर्यमा पार्दै जी–७ सम्मेलन पुगेका जरिफले जर्मन र ब्रिटिस अधिकारीहरूसँग पनि भेटवार्ता गरेका छन् ।

‘अगाडिको बाटो कठिन छ । तर कोसिस् गर्न लायक छ’, उनले सम्मेलनमा सहभागिता जनाएपछि ट्विट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment