Comments Add Comment

१६ वर्षे फुटीलाई मेस्सीको बधाई

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्डेले अन्सु फुटीलाई १६ वर्षको उमेरमा नै सिनियर टिमबाट डेब्यू गराएका छन् । गिनी बिसाउका स्ट्राइकर फुटीले ला लिगामा रियल बेटिसविरुद्ध अन्तिम १० मिनेट खेलेका हुन् ।

स्ट्राइकरत्रय लिओनल मेस्सी, लुइस स्वरेज र उस्मान डेम्बेले चोटका कारण मैदान बाहिर भएपछि भालभर्डेले अघिल्लो साता फुटीलाई सिनियर टिमसँग अभ्यास गराएका थिए । ला मासियाका उत्पादन कार्लोस परेजले पनि खेलेका थिए ।

आइतबारको डेब्यूसँगै फुटी कम उमेरमा बार्सिलोनाको सिनियर टिममा अवसर पाउने दोस्रो खेलाडी बनेका छन् । भिसेन्ट मार्टिनेजले १९४१ मा डेब्यू गरेका थिए ।

खेलपछि फुटीलाई अर्को सरप्राइज भयो, जब कस्तान लिओनल मेस्सीले आंगालो हाले । उनले फुटीलाई अंगालो मारेको र पेरेजले गोल सेलिब्रेसन गरेको फोटो इन्टाग्राममा पोष्ट गर्दै भनेका छन्, ‘ला मासियाका युवाहरुले नाउ क्याम्पमा खेल्ने र गोल गर्ने सपना पुरा गरेको देख्खा म निकै खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment