
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् ।
यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो । नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ ।
नेकपाको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्यबाट १० प्रतिशतलाई केन्द्रीय समितिमा लैजान सकिने व्यवस्था रहेको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4