Comments Add Comment

सेनाको ६ अर्ब रुपैयाँ बेरुजु फर्छ्यौट

९ भदौ, काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु फर्छ्यौटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

नेपाली सेनाको नाममा कायम भएको कूल ९ अर्ब ३३ करोड ४४ लाख ५ हजार रुपैयाँ मध्ये उक्त आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७६ लाख ६८ हजार रुपैयाँ बेरुजु फर्छ्यौट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

आ.व. २०७५/०७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फर्छ्यौट भएको र बाँकी बेरुजु मध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उनले बताए ।

नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फर्छ्यौट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ ।

सेनाको कल्याणकारी कोषतर्फको बेरुजु ७० करोड २० लाख ९३ हजार रुपैयाँ रहेकामा उक्त आ.व.मा ४४ करोड २० लाख ६० हजार रुपैयाँ फर्छ्यौट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ ।

पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फर्छ्यौटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment