Comments Add Comment

बैंकहरु साहूजस्ता भए, राष्ट्रबैंकले नियमन गर्न सकेन : सांसद त्रिपाठी

९ भदौ, काठमाडौं ।  सांसद हृदयश त्रिपाठीले निजी बैंकहरु बैंक नभएर साहुजस्तो भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका हुन् ।

‘निजी क्षेत्रका बैंक, बैंकभन्दा साहूको रुपमा परिणत भए, आफूलाई साहूको रुपमा प्रस्तुत गरे’ उनले भने कसैको जमानी राम्रो छ जग्गा राम्रो छ भने त्यसलाई आफ्नो हातमा कसरी पर्ने भनेर लाग्छन्, यही कारणले बुटबलमा मात्र २ जनाले आत्महत्या गरिसके ।’

बैंकहरुले राम्रो धितोलाई जसरी पनि हात पारेर ऋण लगानी गर्ने र चर्को ब्याज असुलीबाट सर्वसाधारणलाई समस्यामा पारेको उनको भनाइ छ । यही कारण जिल्ला जिल्लामा घरवारविहीनको संख्या बढ्दै गरेको सांसद त्रिपाठीले जिकिर गरे ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको नियमन राम्रोसँग गर्न नसकेको भन्दै उनले यस्तै अवस्था रहेमा बैंकहरुमाथि सर्वसाधारणको विश्वास समाप्त भएर जाने बताए । आफूले अध्ययन गर्दा हाल तीनवटा बैंकका सीईओ कुनै बेला सामान्य कर्मचारी हुँदा बैंकिङ कसूरको आरोप लागेको व्यक्ति नै रहेको सांसद त्रिपाठीले बताए ।

‘बैंकहरुलाई यसरी नै छाडा छो्ने हो भने, राष्ट्र बैंकले हस्तक्षेप नगर्ने हो भने बैंकमाथिको विश्वास समाप्त भएर जान्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment