+
+
Shares

गोरखामा ८३ घरपालुवा जनावर चितुवाको शिकार !

वन कार्यालयले तिर्‍यो ९ लाख क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १५:००

९ भदौ, गोरखा । गत आर्थिक बर्ष २०७५/७६ मा जिल्लाका ८३ वटा घरपालुवा पशुचौपाया चिुतवाको शिकार बनेका छन् । बिभिन्न समय र स्थानमा चितुवाले ८३ वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिकामा मात्रै चितुवाले १८ वटा बाख्रा मारेको डिभिजनल वन अधिकृत तोयनाथ पौड्यालले बताए । ८ वटा खसी, २ वटा जर्सी गाईको बाच्छा चितुवाको शिकार बनेको उनले जानकारी दिए । भीमसेन थापा गाउँपालिकामा चितुवाले २३ वटा बाख्रा मारेको कार्यालयले जनाएको छ । ४ वटा बोका र १ वटा गाई समेत चितुवाको शिकार बनेका छन् ।

‘बारपाक सुलिकोट गाउँपालिकामा मात्रै चितुवाले ३ वटा गोरु, २ बाच्छा/बाच्छी, र एउटा गाईलाइ मारेछ,’ पौड्यालले भने । त्यस्तै ५ बाख्रा, ४ बोका र १ खसीलाइ समेत शिकार गरेर मारेको उनले बताए । पालुङटार नगरपालिकामा ६ र शहीद लखन गाउँपालिकामा ८ वटा बाख्रा चितुवाले शिकार गरेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा जंगली वन्यजन्तुले घरपालुवा पशुचौपायमा पुर्‍याएको क्षति वापत कार्यालयले ९ लाख २३ हजार एक सय रुपैयाँ क्षतिपूर्ति तिरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ (तेस्रो पटक संशोधित) अनुसार वन्यजन्तुबाट हुने पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न (उखु र केरा) तथा मानवीय क्षतिको राहत रकम उपलब्ध हुने व्यवस्था छ ।

‘आफ्नो स्वामित्वमा भएको क्षेत्रमा जंगली जनावर आएर क्षति पुर्‍याएमा बाटो म्यादबाहेक ३५ दिन भित्र निवेदन दिनुपर्छ, संरक्षित क्षेत्र हो भने त्यसकै कार्यालयमा नभए डिभिजन वन कार्यालयमा निवदेन बुझाउनुपर्छ,’ मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालय गोरखाका प्रमुख विश्ववाबु श्रेष्ठले भने ।

निवदेनको आधारमा मुल्याकंन समितिले निरीक्षण गरेर मूल्यांकन गर्छ । उक्त मूल्याकंनको आधारमा डिभिजन वन कार्यालयले गरेको सिफारिसअनुसार कार्यालयले क्षतिपूर्ति रकम उपलब्ध गराउने श्रेष्ठले बताए ।

‘सबै वन्यजन्तुले क्षति पुर्‍याएमा राहत पाइन्छ भन्ने छैन, जम्मा १४ वटा जनावर निर्देशिकाले तोकेको छ,’ उनले भने । जसअन्तरगत बाघ, हात्ती, गैडा, भालु, चितुवा, हिउँ चितुवा, जंगली कुकुर, जंगली वदेल, अर्ना, मगर गोही, अजिङगर, ध्वाँसे चितुवा र व्वासो रहेको उनले बताए ।

वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सक्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाख सम्म पाउने प्रावधान रहेको उनले जानकारी दिए । त्यस्तै पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने निर्देशिकामा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?