+
+
Shares

नेपाल भारत संयुक्त आयोगको बैठक निरर्थक : प्रदीप गिरी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १५:११

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपाल भारत संयुक्त आयोगको बैठक निरर्थक भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यो बैठकबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई दिएको जानकारी र परराष्ट्र मन्त्रालयको वक्तव्य मेल नखाएको बताए ।

मन्त्रीले कालापानी, लिपुलेकबारे कुुरा उठाएँ र १९५० सन्धी पुनरावलोकनका लागि दुई देशको सचिवस्तरीय संयन्त्र बनायौं भनेको स्मरण गर्दै उनले भने, संयोगवश वा नियतवश परराष्ट्रको वक्तव्यमा त्यो छैन ।’

आयोगको बैठक निरर्थक भएको भन्दै सांसद गिरीले भने, ‘देश बदलिसकेको छ । सरकार बदलिएको छ । यहाँ दुई तिहाईको सरकार आएको छ । हिन्दुस्तानको झन् कुरै नगर्नुस् । तर हामी २ वर्षको तोते बालकले भाषा सिक्ने क्रममा उही शब्द बारम्बार दोहोर्‍याए जस्तो लिपुलेक, सुस्ता, कालापानी, १९५० सन्धीको पुनरावलोकन भनिरहेका छौं । पुनरावलोकन गर्न कसले रोकेको छ ?’

यस्तै बहसका क्रममा आफूले बाध्य भएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कूटनीतिको सिद्धान्तको चर्चा गरेको तर यसलाई गलत बुझिएको सांसद गिरीले बताए । उनले अघि भने, ‘मैले त्यहाँ प्रश्न गरेको थिएँ, ठूलो इरादा होला कसैले, भारतको होला, चीनको होला, अमेरिकाको होला । कसैले यस्तो इरादा राख्या भने के गर्ने ?’

‘मेरो प्रश्न थियो, विश्लेषण थिएन । जुन प्रकारले तपाई सरकार चलाउँदै हुनुहुन्छ, कूटनीतिको गलत समझदारी छ । कुटनीतिलाई नबुझी राजनीति र प्रचारसँग मिसाउनु भयो भने नेपालको भाग्य पशुपतिको नाथमा हात छ’ गिरीले  भने ।

बलभद्र थापा, अमर सिंह थापाहरु बन्दुक बोकेर लडेको जस्तो समय अहिले नभएको उनले बताए ।

सांसद गिरीले भने, ‘आज कुटनीतिमा जुन डिजिटल चेन्ज आएको छ, अभूतपूर्व क्रान्ति भएको छ । त्यसको उपयोग हामीले गर्न जानेका छौं ? आजको सबैभन्दा ठूलो माग छ कनेक्टिभिटी । त्यो हामीले बुझेका छौं । लफ्फाजी गरेर हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?