Comments Add Comment

नेपालका मेयर र उपमेयर बने चिनियाँ विश्वविद्यालयका विद्यार्थी

९ भदौ, काठमाडौं । यतिबेला बिभिन्न नगरपालिकाका १८ जना मेयर तथा उपमेयरहरु चीनमा शहरी विकास योजना, विपद व्यवस्थान तथा रोकथामलगायतका विषय पढिरहेका छन् ।

चीनको ‘युनान युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक इन्टरनेशनल विजनेश स्कुल’ मा उनीहरुको पढाइ चलिरहेको हो ।

८ दिनसम्म विभिन्न क्षेत्रका प्राध्यापकले नेपालका १८ जना मेयर र उपमेयरलाई विभिन्न विषयमा जानकारी गराउने कक्षा लिइरहेका छन् । दिनको ६ घन्टाका दरले ८ दिनसम्म अध्ययन गर्नका लागि नेपालबाट नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुसहितको टोली चीन पुगेको हो ।

नेपाल सरकार र नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा आयोजना गरिएको उक्त अध्ययन कार्यक्रमका लागि धुलिखेलसहित बुढानिलकण्ठका मेय उद्धब खरेल, बुटवलका शिवराज सुवेदी, हरिवनका गणेश प्रसाइर्ं, तुलसीपुरका घनश्याम पाण्डे लगायत छन् ।

त्यस्तै पोखरा, मेची, खादवारी, दमक, जिरी, भीमदत्त, धरान, हरिवन, तुलसिपुर, वीरेन्द्रनगर र निजगढका मेयर र केहीमा नगरपालिकाको तर्फबाट उपमेयर सहभागी भएका छन् ।

आधुनिक चीनको विकास, आर्थिक र व्यापार विकास, विश्व बजारीकरणमा आधारित चिनियाँ कानूनी पद्धती, गरिबी निवारण, विपद् व्यवस्थापन र रोकथाम, चिनियाँ सहरी विकास योजना र सरकारी प्रयोगलगायतका विषमा मेयर र उपमेयरहरुलाई कक्षामा जानकारी गराउने कार्यतालिका रहेको छ ।

अध्ययनले चीनको विकास, समृद्धि, चिनियाँ अर्थतन्त्रबारे जाकारी लिन सहयोग पुग्ने अध्ययनमा सहभागी नगरपालिका संघका अध्यक्ष ब्यान्जुले बताए । यो अध्ययनबाट चीनले गरेको विकासको मोडललाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी लिन सहयोग पुग्ने उनले बताए ।

नयाँ-नयाँ बनेका नगरपालिकालाई विकासका योजना बनाउन समेत यो अध्ययन सहयोगी हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment