Comments Add Comment

बहालवाला र सेवा निवृत्त कर्मचारीका परिवारलाई रासन कार्डको माग

९ भदौ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कर्मचारी संगठनले बहालवाला र सेवा निवृत्त कर्मचारीका परिवारलाई रासन कार्डको व्यवस्था गर्न माग गरेको छ । यही भदौ ७ र ८ गते काठमाडौंमा सम्पन्न निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठकले यो सहित बिभिन्न २९ बुँदे माग राखेको छ ।

संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अध्यक्षमा बसेको बैठकले कर्मचारीलाई आवश्यक पर्ने न्युनतम क्यालोरी तोकी वहालवाला र सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी परिवारका लागि निजामती कर्मचारी रासन कार्डको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।

बैठकले औषधि उपचार खर्च सुविधामा सुधार गर्दै कर्मचारीको परिवारको परिभाषाभित्र पर्ने सदस्यलाई उक्त सुविधा प्रदान गर्नसमेत माग गरेको छ । सबै कार्यालयमा कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता प्रणालीलाई लागू गर्न समेत संगठनले माग गरेको छ ।

त्यस्तै भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्नका लागि आर्थिक सुबिधा सहित कम्तिमा १५ दिनको आन्तरिक पर्यटन काज सहित १ महिनाको तलब सुबिधा कर्मचारीलाई उपलब्ध गराउन तीनै तहका सरकारलाई संगठनले आग्रह गरेको छ ।

संगठनका महासचिव रेवन्त गौतमले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि करार,ज्यालादारी र अस्थायी रुपमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षाका लागि न्यायिक व्यवस्थापन गर्न र योग्यता पुगेका श्रेणी विहीन कर्मचारीहरुलाई एक तह बढुवाको सुबिधा प्रदान गर्न समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment