
९ भदौ, काठमाडौं । छुङ्जु विश्व मार्सल आर्ट्स मास्टरसिपमा सहभागी हुन नेपाली कबड्डी टोली मंगलबार दक्षिण कोरिया जाने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायलते सोमबार विदाइ गरे । प्रतियोगिता अगष्ट २७ देखि सेप्टेम्बर ७ तारिखसम्म चल्ने छ ।
खेलाडीहरुमा मेणुकाकुमारी राजवंशी, नितु गुरुङ, कलावती ऐरी, निरुता उप्रेती, रक्षा झा, इशोदा गिरी, सावित्री राना मगर, नन्दकिशोर शाह, सम्सद मन्सुर, कल्याण भुजेल, प्रकाशप्रसाद साह र इर्साद आलम रहेका छन् ।
मुख्य प्रशिक्षक तारासिंह भाट र अर्विन्दकुमार झा तथा व्यवस्थापकमा सुन्दर प्रजापति र राजेन्द्र थापा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4