Comments Add Comment

आफ्नै पाठ्यक्रम पढाउँदै त्रिवेणी गाउँपालिका

९ भदौ, सल्यान । त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्य पुस्तक तयार गरी पढाउन सुरु गरेको छ ।

गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ ।

गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।

‘शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनकाबारेमा अवगत गराउन पाठ्यक्रम तयार गरी लागू गरेका छौं, उनले भने ।

राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ । स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने डाँगीको भनाइ छ ।

स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषतासमेतको जगेर्ना गर्ने लक्ष्य राखिएको उनले बताए । ‘स्थानीय पाठ्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका विशेषतासहितको अध्ययन र अनुसन्धान गर्न सजिलो भएको छ, छायाँमा परेका विषयवस्तुलाई संरक्षण गर्न सहज हुने छु,’ अध्यक्ष डाँगीले भने ।

गाउँपालिकाभित्र रहेका २९ सामुदायिक विद्यालय र सात निजी विद्यालयले पाठ्यक्रम अध्यापन गराइरहेका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले जानकारी दिए ।

जिल्लामा आफ्नै पाठ्यक्रम लागू गर्ने पहिलो स्थानीय तह उक्त गाउँपालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment