+
+
Shares

दिवाकरले ‘तिमीसँगै हुने मन छ’ बनाउने, आर्यन र दीपिका मुख्य कलाकार ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते ९:४९

चलचित्र ‘क्याप्टेन’का निर्देशक दिवाकर भट्टराइले बनाउन लागेको लभ स्टोरी चलचित्रको नाम ‘तिमीसँगै हुने मन छ’ राखिएको छ । चलचित्र विकास बोर्डमा लभ स्टोरी कथामा बन्ने यो चलचित्रको नाम दर्ता गरिएको हो । चलचित्रका लागि लामो समयदेखि दिवाकर कथामा व्यस्त छन् । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘क्याप्टेन’ले नेपालमा औषत कमाई गरेको थियो ।

यो चलचित्रका लागि नायक आर्यन सिग्देल र नायिका दीपिका प्रसाँइको नाम चर्चामा छ । आर्यनसँग कुरा भैसकेको र संझौता मात्र हुन बाँकी रहेको दिवाकर बताउँछन् । यो चलचित्रको छायांकन दशैपछि सुरु हुनेछ । निर्माणपक्षले चलचित्रका लागि कलाकारको टुंगो नलागिसकेको बताएको छ ।

ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा यो चलचित्र निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?