Comments Add Comment

‘वार’ ट्रेलरमा ऋतिक र टाइगरको भिडन्त

यशराज ब्यानरले निर्माण गरेको चलचित्र ‘वार’को धमकेदार ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा विशेषगरि नायक ऋतिक रोशन र टाइगर श्राफविचको भिडन्त देखाइएको छ । चलचित्रमा नायिका बाणी कपुरलाई भने ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ ।

यो चलचित्र अक्टोबर २ अर्थात असोजको १५ गतेबाट रिलिज हुँदैछ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो चलचित्रलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । चलचित्रमा आदित्य र सिद्धार्थकै कथा छ । विशाल एन्ड शेखरको संगीत रहेको चलचित्रलाई वेन्जामिन जास्पेरले खिचेका हुन् ।

चलचित्रको ट्रेलरमा ऋतिकलाई गुरु र टाइगरलाई शिष्यको रुपमा देखाइएको छ । तर, गुरुले गद्धारी गरेपछि गुरुसँगै नै भिडन्त गर्न पुगेका टाइगरले चलचित्रको कथा मोड्नेछन् भन्ने वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment