
१० भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका बिजुकुमार थपलियाले पदभार ग्रहण गरेलगत्तै नेपाल विद्यार्थी संघले उनको कार्यालयमा तालाबन्दी गरेको छ ।
उपकुलपति प्राडा घनश्यामलाल दासको कार्यकाल सकिएपछि नियुक्त भएका थपलियाले आइतबार पदभार ग्रहण गरेका थिए । लगत्तै नेविसंघले विभिन्न पाँच बुुँदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेको हो ।
नेविसंघ पूर्वाञ्चचल विश्वविद्यालय समन्वय समितिका उपाध्यक्ष पंकज घिमिरेले विज्ञप्ति जारी सरकारको आडमा विभिन्न बाहनामा विश्वविद्यालयलाई बन्दी बनाउने र आफू अनुकूल चलाउने चेष्टा र प्रपञ्च भइरहेको बताएका छन् । विश्वविद्यालयको आफ्नै नियम, कानून र स्वायत्ततालाई खलल पुर्याउने गरी भएका काम, कारवाहीप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको नेविसंघले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4