Comments Add Comment

‘छ माया छपक्कै’ दशैंको टिकापछि रिलिज हुने

यसअघि दशैंमा रिलिज गर्ने तयारीका साथ छायांकनमा गएको चलचित्र ‘छ माया छपक्कै’को टिमले अझै पनि प्रदर्शन मिति तय गर्न सकेको छैन । चलचित्रको टिमले यसअघि भदौ २७ मा चलचित्र रिलिज गर्ने बताएपनि अब यो संभावना टरिसकेको छ । तर, चलचित्रको प्रदर्शन मिति फस्टलुकमा समेत रिलिज नहुँदा दर्शक पनि अन्यौलमा छन् ।

यसपटक, ठूलो बजेटको हिन्दी चलचित्र ‘वार’का कारण पनि नेपाली चलचित्रको रिलिज केही प्रभावित भएको हो । कतिपयले निर्माता दिपकराज गिरी र उनको टिम हिन्दी चलचित्रसँग डराएको तर्क पनि गर्छन् । तर, दिपक भन्छन्–‘हामी हिन्दी चलचित्रसँग जुध्नका लागि तयार छौं । तर, नेपालका हलावाल र वितरकसँग हामी जुध्न सक्दैनौं ।’

ठूलो हिन्दी चलचित्र आउँदा नेपाली चलचित्रलाई पराइको व्यवहार गर्ने र निकै कम शोजमा खुम्च्याइदिने खेल नेपालका वितरक र हलवालाले खेल्दै आएको लामो समय भैसकेको छ । यसैले, पनि दिपकले कम शोज पाउने संभावनाका कारण नै ‘वार’सँग नजुध्ने संकेत गरेका छन् ।

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ हलवाला र वितरकको यस्तै चेपुवामा परिसकेको छ । उसो भए, चलचित्र कहिलेबाट रिलिज हुन्छ त ? दिपक भन्छन्–‘छ माया छपक्कै दशैंको टिकापछि रिलिज हुन्छ ।’
उनले प्रदर्शन मिति खुलाउन नचाहेपनि असोजको २४ गतेबाट चलचित्र रिलिज हुने वुझ्न सकिन्छ । चलचित्रको पहिलो गीत भोली रिलिज हुँदैछ ।

दिपेन्द्र लामा निर्देशित चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, केकी अधिकारी, जितु नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment