+
+
Shares

श्रृष्टीको सुन्दरता

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १४:१७

नायिका श्रृष्टी श्रेष्ठको सुन्दरताको फ्यान त धेरै छन् । श्रृष्टी पनि स्टाइलिस्ट बन्न रोजाउँछिन् । उनै, श्रृष्टी अहिले धमाधम प्रेमी सौगात मल्लको साथमा चलचित्रमा काम गरिरहेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।

श्रृष्टीलाई सौगात मल्लको सिफारिशमा काम पाइरहेको आरोप पनि लाग्ने गरेको छ । तर, श्रृष्टी भने यस्तो चर्चाले आफूलाई खासै फरक नपर्ने बताउँछिन् । चलचित्र ‘गाजलु’बाट चलचित्र क्षेत्रमा उदाएकी नायिकाको हातमा अहिले चलचित्रको अभाव छैन ।

तर, श्रृष्टीको चर्चा मिस नेपाल हुँदा जुन खालको थियो, त्यो अहिले कमजोर बनेको छ । नायक सौगात मल्लसँग नाम जोडिएपछि उनी प्रेमको रंगले चर्चामा छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?