+

चिलाव मारियन्सले नेपाललाई दियो २२५ रनको लक्ष्य

२०७६ भदौ  १३ गते १४:४७ २०७६ भदौ १३ गते १४:४७
चिलाव मारियन्सले नेपाललाई दियो २२५ रनको लक्ष्य

१३ भदौ, काठमाडौं । तेस्रो अभ्यास खेलमा नेपाली यू-१९ क्रिकेट टिमले २२५ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाली टिम चिलाव मारियन्सले नेपाली युवा टिमलाई २२५ रनको लक्ष्य पेश गरेको हो । मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

मारियन्सले सुरुवात भने राम्रो गरेको थियो । १२.३ ओभरमा पहिलो विकेटको गुमाउँदा मारियन्सले ५० रन बनाएको थियो । नेपालका लागि सूर्य तामाङ र पवन सर्राफले समान २-२ विकेट लिए ।

श्रीलंकामा यहि भदौ १९ गतेदेखि एसीसी यू-१९ एसिया कप सुरु हुँदैछ । नेपालले यहि प्रतियोगिताको लागि तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय