Comments Add Comment

नेकपाको आन्तरिक सर्कुलर – पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्नू

१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशब्यापी विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने उल्लेख छ ।

अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्धारा सञ्चालित विकास, सम्बृद्धि र सामाजिक न्याय सहितको महाअभियानसँग जोड्ने गरि विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

यसअघि दुई अध्यक्षले हस्ताक्षर गरेर पठाउने गरिएको अन्तर पार्टी निर्देशनमा यसपटक अध्यक्ष प्रचण्डको मात्र हस्ताक्षर छ । चाँडै एकताका सबै काम शुरु सकेर देशब्यापी रुपमा जनता र कार्यकर्ता परिचालन गर्ने नेकपाले जनाएको छ ।

नेकपाले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशन दिएको छ ।

तर सार्वजनिक रुपमा नेतृत्व र नीतिको बिरोध गर्न बन्देज लगाएको छ । आन्तरिक सर्कुलरमा भनिएको छ–पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरुप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीको प्रक्रिया अघि बढाइने छ ।’

हेर्नुहोस् सर्कुलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment