
काठमाडौं । म्यानचेष्टर युनाइटेडका डिफेण्डर क्रिस स्मोलिङ लोनमा सिरी ए टिम रोमा जाने भएका छन् ।
प्रिमियर क्लबले रोमासँग एक सिजनको लोन डिलमा सहमति गरेको छ, जसअनुसार इटालियन क्लबले २.७ मिलियन तिर्नेछ । २०१० मा फुलहामबाट ओल्ड ट्रार्फड आएका स्मोलिङको सम्झौता सन् २०२२ डिसेम्बरसम्म छ ।
टिममा ६ जना फिट सेन्टर ब्याक रहेकाले आफूले स्मोलिङलाई नियमित फुटबल खेल्ने सुनिश्चित गर्न नसकेको म्यानचेष्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सजरले बताए ।
उनले गत सिजन ३४ खेल खेलेका थिए । तर इभर्टनबाट हृयारी मुग्वायर आए र भिक्टोर लिन्डलफसँग साझेदारी गर्न थालेपछि स्मोलिङको स्थान खतरामा पर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4