+
+
Shares

गाई मृत भेटिएको घटना छानबिन गर्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १९:०७

१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकुवा भन्ने ठाउँमा २३ वटा गाई मृत भेटिएको घटनाको छानबिन गर्न माग गरेको छ ।

हिन्‍दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई यति ठूलो संख्यामा मृत भेटिनु दुखद, शंकास्पद र निन्दनीय भन्दै राप्रपाले तत्काल छानबिन गर्न माग गरेको हो ।

‘यस घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

बिहीबार नेपालगञ्जबाट दैलेखतर्फ ८ वटा ट्रकमा लगिएको २ सय ९० वटा गाईमध्ये सुर्खेतको कटकुवामा २३ वटा गाई मृत भेटिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?