Comments Add Comment

गाई मृत भेटिएको घटना छानबिन गर्न राप्रपाको माग

१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकुवा भन्ने ठाउँमा २३ वटा गाई मृत भेटिएको घटनाको छानबिन गर्न माग गरेको छ ।

हिन्‍दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई यति ठूलो संख्यामा मृत भेटिनु दुखद, शंकास्पद र निन्दनीय भन्दै राप्रपाले तत्काल छानबिन गर्न माग गरेको हो ।

‘यस घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

बिहीबार नेपालगञ्जबाट दैलेखतर्फ ८ वटा ट्रकमा लगिएको २ सय ९० वटा गाईमध्ये सुर्खेतको कटकुवामा २३ वटा गाई मृत भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment