Comments Add Comment

बन्दुक र गोली बरामद

१३ भदौ, काठमाडौं । महोत्तरीको सोनमा गाँउपालिका-३ को रघुनाथपुरबाट प्रहरीको संयुक्त गस्ती टोलीले शुक्रबार एक थान बन्दुक र सो बन्दुकमा लाग्ने एक थान गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट खैरवानी र स्थानीय प्रहरीको संयुक्त गस्ती टोलीले सोही स्थानका एक स्थानीयको घरबाट बाह्र बोरको एक थान बन्दुक र सोको एउटा गोली बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टले जानकारी दिए ।

बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment