Comments Add Comment

चेल्सीले दुई गोलको अग्रता जोगाउन सकेन

काठमाडौं । चेल्सीले दुई गोलको अग्रता जोगाउन सकेन र सेफिल्ड युनाइटेडसँग अंक बाँडेको छ । प्रिमियर लिगमा शनिबार भएको खेलमा चेल्सी र सेफिल्डले २–२ को बराबरी खेलेका हुन् ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १९ औं मिनेटमा टमी अब्राहमको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिमतिर उनले नै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

तर दोस्रो हाफको सुरुमा नै सेफिल्डले गोल गर्यो । उसका रोबिनसनले गाले गरेका हुन् । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा कर्ट जौमाले आत्मघाती गोल गरेपछि ब्राइटन चेल्सीसँग अंक खोस्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment