Comments Add Comment

सोमबारसम्म जे पनि हुनसक्छः जिदान

काठमाडौं । प्रशिक्षक जिनेदान जिदानले रियल मडि्रडको ट्रान्सफर विजनेश नसकिएको संकेत गरेका छन् ।

युरोपको खेलाडी किनबेच सोमबारसम्म हुनेछ । ‘सोमबारसम्म जे पनि हुनसक्छ’ भिल्लारियलसँग खेल्नु अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जिदानले भने, ‘एक बम, दुई बम …तर महत्वपूर्ण भोलिको खेल छ ।’

उनी फ्रान्सेली मिडफिल्डर पल पोग्बालाई भित्र्याउन चाहन्छन्, तर सम्भव भइरहेको छैन ।

ब्राजिलियन फुटबलर नेयमारलाई भित्र्याउने दौडमा पनि रियल मडि्रड छ । तर बार्सिलोना अगाडि देखिएको छ । तर नेयमारको ट्रान्सफर केही टुंगिएको छैन ।

यद्यपि प्रशिक्षक जिदानले रियल मडि्रडको वर्तमान टिमप्रति खुसी रहेको बताए । ‘खेलाडीहरुप्रति म खुसी छु, उनीहरु उत्कृष्ट छन्’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment