Comments Add Comment

‘मारुनी’ हेरेपछि अनमोलले के भने ?

नायक अनमोल केसी चलचित्र हेर्नका लागि हलमा कमै मात्र पुग्छन् । उनै, अनमोलले शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मारुनी’ हेरेका छन् । शुक्रबार बेलुकी काठमाण्डौको छाया सेन्टरमा आयोजित विशेष शोमा पुगेका अनमोलले चलचित्रको प्रशंसा गरे । चलचित्र हेर्नका लागि नायक भूवन केसी, अनमोल केसीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु पुगेका थिए ।

चलचित्र हेरेपछि अनमोलले कथावस्तु, प्रस्तुति र क्लाइमेक्स उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनले, चलचित्रले फरक कथालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए । यता, नायक भूवन केसीले पनि चलचित्रले दर्शकको मन जित्ने बताए । राम्रो कथामा उत्कृष्ट चलचित्र बनेको भन्दै उनले निर्देशक र कलाकारको प्रशंसा गरेका थिए ।

चलचित्रले शुक्रबार औषत व्यापार गरेको छ । विशेषगरि, भारतीय चलचित्र ‘साहो’को चेपुवामा परेपनि चलचित्रको वर्ड अफ माउथ बलियो भएकाले चल्ने अपेक्षा निर्माणपक्षको छ । नवल नेपाल निर्देशित यो चलचित्रलाई पूनम गौतमले निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment