Comments Add Comment

म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस फुटबलमा ज्यानिक भेस्टगार्डको पहिलो गोलसँगै साउथहृयाम्पटनले म्यानचेष्टर युनाइटेडसँग बराबरी खेलेको छ ।

शनिबार भएको खेलमा १० खेलाडीमा सिमित साउथहृयाम्पटनले म्यानचेष्टर युनाइटेडलाई १-१ गोलको बराबरीमा रोकेको हो

सेन्ट मेरिजमा भएको खेलमा युनाइटेडले १० औं मिनेटमा डानियल जेम्सको गोलबाट अग्रता लिएको थियो २१ वषर्ीय जेम्सको यो सिजनको तेस्रो गोल हो ।

तर ५८ औं मिनेटमा घरेलु टोलीका भेस्टगार्डले बराबरी गोल फर्काए । खेलको ७३ औं मिनेटमा डिफेण्डर केभिन डान्सोले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि साउथहृयाम्पटन १० खेलाडीमा सिमित भयो । तर युनाइटेड खेलमा फर्किन सकेन र १-१ अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment