Comments Add Comment

विकासमा बाधा गर्नेलाई सरकारले निस्तेज पार्छ : मन्त्री अर्याल

१५ भदाै, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भूमि पद्माकुमारी अर्यालले गुण्डागर्दी गरी विकासमा बाधक बन्नेलाई सरकारले निस्तेज पार्ने बताएकी छन् ।

‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ’, मन्त्री अर्यालले भनिन् ।

उपकार बचत तथा ऋण सहकारी संस्थाले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तीज प्रतियोगितामा सम्बोधन गर्दै मन्त्री अर्यालले काम नगर्ने ठेकदारको दिन समाप्त भएको बताइन् । साथै, विकासका लागि जनप्रतिनिधि साझा भएको उनको भनाइ छ ।

मन्त्री अर्यालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment