+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

भन्सार छली गरेर ल्याइएका १ करोड २२ लाखको कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १५:३९

१५ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ४ लाख रुपैयाँ भन्दाबढीको कपडा लगायतका समान बरामद गरेको छ ।

भारतबाट राजश्व छली अवैध रुपमा नेपाल भित्र्याउँदै गर्दा ४ लाख ७० हजार २ सय ५५ रुपैयाँको कपडा बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ । राजश्व तथा भन्सार गस्ती सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ भकुवा तथा बाइपास रोड ईलाकाबाट कपडा, हार्डवेयर तथा किरानाको समान बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

चालु आव ०७५/७६ डेढ महिनामा १ करोड २२ लाख ९० हजार ८ सय ७० रुपैयाँको अवैध समान बरामद गरिसकेको खत्रीले जानकारी दिए । उनका अनुसार साउनमा ४७ लाख ७८ हजार २ सय ५५ रुपैयाँ र भदौ १५ गतेसम्म ६९ लाख १२ हजार ६ सय १५ रुपैयाँको समान बरामद भएको छ । ‘सूचनाको आधारमा र नियमित चेकजाँच गर्दा पनि भन्सार छलेर ल्याउँदै गरेको भेटिन्छ । मुख्य भन्सार नाका बाट पनि ल्याउँछन् ।’ उनले भने, ‘कतिपयले गाडीमा लुकाएर, केहीले शरीरमा लुकाएर ल्याउँछन्, कतिले हाम्रो आँखा छलेर अघि बढीसक्दा वाइपाससम्म पुगेर पनि समातेका छौं ।’

आर्थिक वर्ष ०७५/७६ मा सशस्त्र प्रहरीले वीरगञ्जको मुख्य भन्सार क्षेत्रबाट राजश्व छली अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ६ करोड ६ लाख ५५ हजार २७ रुपैयाँको समान बरामद गरिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा, चोरी स्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज भन्सार गेट, ईनर्वा, भकुवामा नियमित चेकजाँच गर्ने गरेको छ भने मोबाईल टोली परिचालन गरेर रात्री गस्ती समेत गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?