+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

युएईस्थित नेपाली दूतावासले विदाबारे सूचना नदिदा सेवाग्राही मारमा

सेवाग्राहीको गुनासोपछि सूचना सार्वजनिक

रूपेश अधिकारी रूपेश अधिकारी
२०७६ भदौ १५ गते १७:४८

युएई । युएईस्थित नेपाली दूतावासले आइतबार दूतावास बन्द रहने बारेको सूचना सार्वजनिक नगर्दा सेवाग्राही मारमा परेका छन् । इस्लामी हिजरी नयाँ वर्षको अवसरमा दूतावास बन्द रहेको थियो ।

यहाँको सरकारले अग्रष्ट ३१ शनिवार सार्वजनिक विदाकै दिन नयाँवर्षको विदा दिएको थियो । तर, नेपाली दूतावासले आइतबार सार्वजनिक विदा मनायो । आइतबार दूतावास बन्द हुने जानकारी सार्वजनिक गरिएको थिएन ।

पोखरा घर भइ दुवईमा कार्यरत अर्जुन जोशी आफ्नो राहदानी संकलन गर्न आइतबार बिहान ११ बजे दूतावास कार्यालय पुगे । कार्यालय बन्द रहेको पाएपछि उनले दूतावासको लेनलाइनमा सम्पर्क गरे । त्यहाँको फोन उठेन । इस्लामिक नयाँ वर्षको शनिबार सार्वजनिक विदा दिएकाले आइतबार कार्यालय खुल्ने विश्वासमा उनी आएका थिए । उनले थपे, ‘शनिबार दुतावासको वेभसाइड चेक गरेको थिए, आज यहीँ आएर पनि चेक गरे । तर, कुनै सुचना राखिएको छैन।’

यस्तै धादिङ घर भइ हाल आबुधाबी मुसाफामा कार्यरत हस्तबहादुर विश्वकर्मा आफ्नो भाइलाई कामदार भिसामा यहाँ ल्याउनका लागि आवश्यक कागजात बनाउन आइतबार दूतावास पुगे । बन्द हुने कतै सूचना नपाएपछि उनी कार्यालय खुलेको विश्वासमा आएका थिए ।

अघिल्लो पटक आउँदा कागजात नपुगेर काम नबनेको र आज पनि खाली हात फर्कनु परेको सुनाए । यस्तै साउदीअरबको सिमाना शीलामा कार्यरत पूर्ण ठकुरी काम नबनेपछि रित्तै फर्किए ।

उनको युएईको सवारी अुनमतीपत्र नेपालमा प्रयोगका लागि दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने थियो । राजदूतसँगको सम्पर्कपछि राहदानी लिन आएका अर्जुनलाई स्थानीय सम्बन्धित कर्मचारीको निवासमा गइ हस्ताक्षर गरी आवश्यक प्रकृया पुर्‍याएर राहदानी उपल्बध गराएका छन् ।

दूतावासको लापरबाही, सेवाग्राहीको गुनासोपछि सूचना सार्वजनिक

यसअघि दूतावासका विभिन्न गतिविधि र सार्वजनिक सूचनाबारे वेभसाइड र सूचनापाटीमार्फत जानकारी हुने गथ्यो । तर,  आइतबार १२ बजेसम्म दूतावासको वेभसाइडमा सार्वजनिक विदाको कुनै सूचना राखिएको थिएन ।

१२ .३० बजेमा भने अघिल्लो दिनको मितिमा सूचना राखिएको छ । दूतावास कार्यालयको सूचनापाटीमा समेत आइतबार बिहान सूचना टाँसिएको श्रोतले जनाएको छ ।

दूतावासले वार्षिक विदाको सूचीमा स्थानीय विदा समेटिने गरेको जनाउने गरेको छ । तर आइतबार दूतावास बन्द रहने जानकारी दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीलाई समेत थिएन।

अनलाइनखबरसँग कुरागदै उनले भनिन्, शनिवारसाँझ मात्र विदा सकाएर नेपालबाट आएको थिए । कार्यालय जान तयार भएर बसेको थिए । सवारी नआएपछि फोन गरेर बुझ्दा आज विदा भन्ने थाह पाए।

विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुले स्थानीय विदालाई मिलाएर वर्षमा बढीमा १८ वटा सार्वजनिक विदा लिन पाउने राजपत्रमा उल्लेख छ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को कार्यान्वयन गर्न बनेको नियमावली २०६५ मा उल्लेख भएअनुसार सरकारी कार्यालय बन्द हुनेबारेको सूचना वार्षिक क्यालेण्डर बाहेक अल्गै पनि कम्तीमा एकसाता अघि सार्वजनिक गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?