Comments Add Comment

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु   

१५ भदौ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भजनी नगरपालिका–४ कुडीका २७ वर्षीय चन्द्रलाल चौधरी रहेका इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि टीकापुर पठाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment