Comments Add Comment

‘मारुनी’ले तीजको बिदाको सदुपयोग गर्यो कि गरेन ?

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘मारुनी’ले इनिसियल रुपमा आक्रामक व्यापार गर्न सकेन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडमका कारण पनि चलचित्रको इनिसियल व्यापारमा असर पर्ने अपेक्षा गरिएको थियो । तर, शुक्रबारको तुलनामा शनिबार केही आशातित व्यापार गरेपनि त्यो पर्याप्त थिएन । तर, चलचित्रले सोमबार परेको तीजको बिदाको भने गज्जबले सदुपयोग गरेको छ ।

सुरुवाती दुई दिन बलिउड बीग बजेटको चलचित्रका कारण पनि छायाँमा परेको चलचित्रलाई आइतबारबाट दर्शकको साथ मिल्यो । सोमबार चलचित्रले मल्टिप्लेक्समा पाएका सोजमा दर्शकको उपस्थिती भरिभराउ थियो । काठमाण्डौ बाहिर सुरुवाती दिनमा कमजोर देखिएको चलचित्र हेर्न सोमबार दर्शक भरिएका थिए ।

काठमाण्डौ बाहिरका नारायणगढ, नेपालगञ्ज, इटहरी, पोखरा लगायतका स्थानमा दर्शकको चाप देखियो । निर्मात्री पूनम गौतमले तीजको दिनमा दर्शकको साथ उल्लेख्य पाएको बताइन् । मोफसलका हल संचालकहरुले पनि, राम्रो चलचित्रलाई जहिले पनि दर्शकको साथ मिल्ने बताए ।

सुरुवातमा हिन्दी चलचित्रको असर परेपनि राम्रो नेपाली चलचित्रले दर्शक पाउने उनीहरुको तर्क थियो । दर्शकले चलचित्रको कथावस्तु, मेकिङ र क्लाइमेक्सलाई उत्कृष्ट भनेका छन् । निर्मात्री पूनम गौतम दर्शकले चलचित्र मन पराएका कारण पनि विस्तारै कलेक्शन बढ्दै जानेमा ढुक्क छिन् ।

नवल नेपाल निर्देशित चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment