Comments Add Comment

पोखरामा महानगरलाई भाडा तिर्न ठेकदार कम्पनीको अटेरी

१७ भदौ, पोखरा । पोखरा महानगरपालिलकाको स्वामित्वमा रहेको सिर्जनाचोकस्थित ३ तले भवन २०७३ सालदेखि जस्ट इन टाइम नामक कम्पनीले भाडामा लिएकोे छ । ५ वर्षका लागि भाडामा लिएको उक्त कम्पनीले गत वर्षदेखि भाडा दिएको छैन ।

भाडा नतिरेपछि महानगरपालिकाले उक्त कम्पनीको १ करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गरिसकेको छ । बैंक ग्यारेन्टी जफत गरे पनि कम्पनीले भदौ महिनासम्मको ९४ लाख रुपैयाँ बुझाउन बाँकी रहेको कर अधिकृत शिवहरि शर्माले जानकारी दिए । ‘बैंक ग्यारेन्टी महानगरले जफत गरिसकेको छ । अझै कम्पनीले ठूलै रकम तिर्न बाँकी छ,’ उनले भने, ‘समयमै भाडा नतिरेपछि थप १० प्रतिशत जरिवाना पनि लाग्छ ।’

पटक पटक पत्राचार गरेर सूचना पठाउँदा पनि उक्त कम्पनीले अटेरी गरेको छ । ‘महानगर कडा रुपमा नगएकाले पनि कम्पनीले भाडा तिर्न आनाकानी गरेको हुन सक्छ’ कर अधिकृत शर्माले भने ।

भाडा नतिर्ने कम्पनीलाई नै ठेक्का

जस्ट इन टाइमले पोखरा महानगरको सरसफाइ, घाट सञ्चालन, बाटो निर्माण लगायत ठेक्का लिँदै आएको छ । महाननगरको भवन भाडामा लिएवापत लाखौं रुपैयाँ तिर्न बाँकी हुँदा पनि महानगरले जस्ट इन टाइमलाई कारबाही गर्नुको साटो टेन्डर प्रक्रियामा सहभागी गराइरहेको छ ।

केही समयअघिमात्रै ठेकेदार कम्पनीले पोखरा महानगरको घाट सञ्चालनको टेन्डर पारेको छ । शर्मा स्वीकार्छन्, ‘महानगरलाई तिर्नुपर्ने दायित्व पूरा नगरेपछि टेन्डर प्रक्रियामा सहभागी नगराउनुपर्ने हो । तर, यहाँबाट कारबाही वा कडा ताकेता भइराखेको छैन ।’

यो पनि पढ्नुहोस पोखरा महानगरमा सटर भाडा अपचलन

महानगरका विभिन्न आयोजनाको ठेक्काको बिल भुक्तानीबाट भाडा रकम कट्टा गर्ने तयारी भइरहेको अधिकृत शर्माले जानकारी दिए । ‘कम्पनीको महानगरसँगको लेनदेन धेरै क्षेत्रमा छ । महानगरबाट बिल भुक्तानी हुँदा प्रत्येक बिलबाट २५ प्रतिशत काटेरमात्रै भुक्तानी गरिरहेका छौं,’ उनले भने ।

तर बिलको २२५ प्रतिशत काट्दा पनि भाडा रकम असुल हुन कठिन भएको राजश्व शाखा प्रमुख छविलाल शर्माले बताए । अधिकृत शर्माले जस्ट इन टाइमले भाडा नतिरेको विषयबारे राजश्व परामर्श समितिमा पठाउने तयारी भइरहेको जानकारी दिए । ‘

९ महिनाको तिर्दिनँ, बाँकी तिर्छु : बस्नेत

ठेकदार कम्पनी जस्ट इन टाइमले ९ महिनासम्मको भाडा छुट गरिदिएमात्रै भाडा तिर्ने अडान राख्दै आएको छ । सम्झौता भएको भवन महानगरले ९ महिनापछिमात्रै हस्तान्तरण गरेकाले त्यस अवधिको भाडा छुट पाउनुपर्ने कम्पनीको तर्क छ ।

‘छुटका लागि महानगरमा पटक पटक निवेदन दिएको छु । घरै ९ महिनापछि पाएँ । त्यसले मलाई लाखौं नोक्सानी भएको छ,’ जस्ट इन टाइमका सुरेन्द्र बस्नेतले भने, ‘छुट मागलाई कुनै पनि प्रक्रियामा लगेका छैनन् । यसमा महानगरको पनि गल्ती छ ।’

‘सम्झौतामा तला थप्ने, रुख काँटछाँट गर्ने थियो । तर महानगरले सम्झौता पूरा गरेको छैन,’ बस्नेतले भने, ‘त्यसमाथि सम्झौता भएको ९ महिनापछि बल्ल हस्तान्तरण गर्‍यो ।’ भवनमा बिजुलीदेखि प्लम्बिङसम्म सबै आफैं गर्नुपरेको उनको गुनासो छ । उनले बिजुली पनि महानगरले लामो समयपछिमात्रै जोडिदिएको दाबी गरे ।

यो पनि पढ्नुहोस पोखरा महानगर सटर विवाद : म्याद नसकिँदै पुनः टेन्डर भएको खुलासा यो पनि पढ्नुहोस सटर भाडा प्रकरण : विवादमा मुछिए तत्कालीन कर अधिकृत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment