+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

एनआईसी र ग्लोबल की टेक्नोलोजिबीच ‘क्यास ब्याक’ सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १८:२५

१७ भदौ, काठमाडौं । एन आई सी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच क्यास ब्याकको सम्झौता भएको छ। रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो।

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिने छ।

अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५ प्रतिशत मात्र क्यास ब्याक प्राप्त गर्न सकिने छ। बैङ्कका अनुसार यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू गरिएको छ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठी र  ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?