Comments Add Comment

कांग्रेसले प्रदेश ३ का सात जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश-३ का सात जिल्लामा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कांग्रेसले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरुलाई आगामी भदौ २० र २१ गते भक्तरपुरमा प्रशिक्षण दिने जनाएको हो ।

प्रशिक्षणमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले भाद्र २० गते विहान ८ देखि १० वजेसम्म नाम दर्ता गर्नु पर्ने कांग्रेसले जनाएको छ ।

प्रदेश ३ का बाँकी ६ जिल्लाहरु रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा पछि प्रशिक्षण सञ्चालन गरिने काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

यस्तै प्रदेश १ को धनकुटा र मोरड, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण दिने आचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment